काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ हजार र चाँदी ५ रुपैयाँले घटेको हो ।
मंगलबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १२:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook