काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ हजार र चाँदी ३० रुपैयाँले घटेको हो ।

बिहीबार ८९ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ हजारले घटेर ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ७ गते शुक्रबार, १०:५३