काठमाडौंः नेपालीहरुको महान पर्व दशैंपछि सुनचाँदी बजार खुलेको छ । बजार खुलेसँगै आज सुनचाँदीको मूल्य घटेको छ ।

कार्तिक ६ गतेको तुलनामा बिहीबार सुन प्रतितोला १ हजार र चाँदी ५० रुपैयाँले घटेको हो ।

कार्तिक ६ गते ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५० रुपैयाँले घटेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १४:४०