काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार र चाँदी १५ रुपैयाँले बढेको हो ।

बुधबार ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार १ हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, ११:५६