
काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ हजार र चाँदी १५ रुपैयाँले बढेको हो ।
बिहीबार ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ हजारले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साल पुस २ गते शुक्रबार, १२:१०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook