काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला १ हजार ५ सय र चाँदी ३० रुपैयाँले बढेको हो ।
सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, ११:२९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook