काठमाडौंः आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा आज बिहीबार सुन प्रतितोला १ हजार ६ सय र चाँदी २० रुपैयाँले बढेको हो ।

बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार ६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ बिहीबार, १२:२४