पश्चिम नवलपरासीः पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलबाट मंगलबार एपीएफ टोलीले करिब २० के.जी. सुर्तीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–७ विष्णुपुरा बस्ने २२ वर्षीय मुखतार पठान र २१ वर्षीय शिवराज सुनार छन् ।

भारतबाट अवैध रुपले लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तीसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद सुर्तीसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख ३, २१:२३