गुल्मीः गुल्मीमा २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–४ भुसपोले बस्ने ४५ वर्षीय जिवा गिरी, सोही गाउँपालिका–५ हिले बस्ने २६ वर्षीय मोहोन कार्की र सोही गाउँपालिका–४ सैरीपोखरा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, १७:१८