बर्दियाः २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसीरहेको अवस्थामा घर पछाडी लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १७:५९