ओखलढुंगाः २१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मोलुङ गाउँपालिका–८ रागाँदिपस्थित नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा नगरपालिका–८ डुम्रा घर भएका २६ वर्षीय अशोक मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेहताले ती युवतीलाई बिहीबार साँझ यौन दुर्व्यवहार गर्नुका साथै जबरजस्ती करणी उद्योग समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १५:३०