ओखलढुंगाः २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–५ बस्ने ३० वर्षीय अर्जुन राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई गत बिहीबार बिहान उनकै घर कोठामा डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, २१:२१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook