काठमाडौंः भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ ।

भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।

भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको जनाएको छ ।


प्रकाशित मितिः २०७७ साउन १८, आइतवार, ०६:४८