बाँकेः नरैनापुर गाउँपालिका–४ जयरामपुरवाबाट प्रहरीले करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्र्नेमा स्थानीय ४५ वर्षीय धनिराम यादव रहेका छन् ।

उनको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ गते बिहीबार, १८:१३