काठमाडौं: नेपाल शेयर बजार आज बिहीबार पुन: ओरालो लागेको छ। नेप्से २५ दशमलव ६८ अंकले घटेर  १२५७.०७ विन्दुमा आइपुगेको छ । सरकारले लाभकरमा लगाएको नयाँ कर व्यवस्था फिर्ता लिए पछि बुधबार बढेको नेप्से आज पुन: घटेको हो । हकप्रद र बोनसमा अंकित चुक्ता मूल्यलाई आधार मानेर पुँजीगत लाभकर लगाउने निर्णय फिर्ता भए पनि लगानीकर्तामा आत्मविश्वास बढेको देखिएन ।

नेप्से बजारमा आज कुल १६६ कम्पनीको ४६ करोड ८५ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । कुल १४ लाख ४१ हजार २७७ कित्ता सेयर किनबेच भएका हुन् । नेप्सेमा कारोबार भएका सबै समूहका सूचक तल झरेका छन् । बिमा समूहको सूचक सबैभन्दा धेरै १७४.७६ अंकले घटेको छ ।
। वाणिज्य बैंक समूहको सूचक पनि २०.७५ अंकले तल झरेको छ । विकास बैंक २४ दशमलव ४५ अंकले घटेको छ भने लघुवित्त ३५ दशमलब ५४ अंकले घटेको छ ।