गुल्मीः रेसुङ्गा नगरपालिका–५ मा रहेको सामुदायिक वनमा एक जना मृत भेटिएका छन् ।

मृत भेटिनेमा ४५ वर्षीय काशीराम पाण्डे रहेको प्रहरीले जनाएको छ ।

२५ दिनदेखि सम्पर्कविहीन पाण्डे आज बिहान फोक्सिनी सामुदायिक वनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, १२:२६