पर्साः वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको २५ हजार किलो छोगडा सहित एक जना पक्राउ परृका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय निशाल भन्ने विशाल क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका ना ५ ख ९८५९ नम्बरको ट्रकमा छोगडा लोड गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ विशाललाई बरामद छोगडा सहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ ।


प्रकाशित मितिः मंगलबार, वैशाख १६, १८:१०