हेटौँडा: अख्तियार दुरुपयोग अनुसन्धान आयोग मकवानपुर हेटौँडाले रु २५ हजार घुससहित मालपोत कार्यालय चितवनका कर्मचारी पक्राउ परेका छन् ।

बिहान करिब ११ बजेको समयमा सोवग्राहीबाट रु २५ हजार रकम घुस लिँदै गर्दा मालपोत कार्यालय चितवनका कार्यालय सहायक शंकरप्रसाद धिताललाई पक्राउ गरिएको आयोगका प्रहरी निरीक्षक बेनीमहादेव पौडेलले जानकारी दिए।

उनका अनुसार भरतपुरको वेणिचोकनजिकै फिल्डमा जग्गा बढी भएको र पुर्जामा कम भएकाले त्यो जग्गा मिलाउनका लागि भन्दै रु २५ हजार घुस लिएको प्रारम्भिक जानकारीमा आएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोजक हेटौडाका प्रमुख श्यामराज अधिकारीले पक्राउको पुष्टि गर्दै आजै उनलाई घुस रकमसहित हेटौँडा ल्याइने र कानुनी कारबाहीका लागि शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा पठाइने जानकारी दिए।