काभ्रेः २८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरु महाभारत गाउँपालिका–१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन् ।

उनीहरुले विभिन्न डरत्रास धाकधम्की देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, २१:३८