काठमाडौंः बुढानिलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १ सय ३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त सहित एक जनालाई प्रहरीले पक्राउ आज दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राई रहेका छन् ।

प्रतिवन्धित भालुको पित्त अवैध रुपमा बिक्रिका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २ गते आइतबार, १९:५३