काठमाडौंः गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् ।

वि.सं. २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा ‘सल्लेरी पाखामा’ लाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक तुम्बापो पुनः संगीतमा फर्किएका हुन् ।

स्व.भिम दा तुम्बापोको शब्द र संगीत र विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियोमा दीपक तुम्बापो र मिस पुर्वाञ्चल मोनिका लिम्बुको अभिनय रहेको छ ।

नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा धेरै पहिला लागेको भए पनि बिभिन्न कारणले गर्दा सांगीतिक क्षेत्रलाई निरन्तरता दिन नसकिएको बताउँदै गायक तुम्बापोले साथीहरुको सल्लाहमा पुनः गीत लिएर दर्शक माझ आएको बताए ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १७:५०