काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला २ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १०:५३