काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन २ सय रुपैयाँले घटेको हो ।

आइतबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार २ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २३० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ५ गते सोमबार, १३:१६