काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन २ सय रुपैयाँले घटेको हो ।

आइतबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार २ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज पनि स्थिर रहेर प्रतितोला १ हजार २६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १२ गते सोमबार, ११:२७