काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ बढेको छ । आइतबारको तुलनामा सोमबार सुन २ सय रुपैयाँले घटेको हो भने चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार ९० हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार २ सयले घटेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, १०:५८