काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार २ सय रुपैयाँले घटेर एक लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ साल फागुन १५ गते सोमबार, ०७:००