
काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन २ सय र चाँदी २० रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार २ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७९ साल बैशाख १८ गते आइतबार, १०:१०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook