काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २ सय र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।

आइतबार ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार २ सयले बढेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, १३:०७