काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन २ सय रुपैयाँले बढेको हो ।

बिहीबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार १७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साल असोज २२ गते शुक्रबार, ०७:००