काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन २ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ५ गते आइतबार, ११:४४