काठमाडौंः ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आइतबार साँझ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः सोमबार, मंसिर ३०, १२:११