काठमाडौंः ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती अर्थात् गोरे पक्राउ परेका छन् ।
भारतमा पक्राउ परेका गोरेलाई काठमाडौं ल्याइएको प्रहरीले बताएको छ । गत माघमा यूएईबाट आएको ३३ किलो सुन गायब भएपछि गोरेले आफ्ना पूर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेको प्रहरीको आरोप छ ।
यही प्रकरणमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ३२ जनालाई पक्राउ गरिएको छ भने अन्य फरार सूचीमा छन् ।
गोरे पछिल्लो समय भारतमा लुकेर बसेको आशंकामा प्रहरीले निगरानी बढाएको थियो ।
प्रहरीले गारेलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook