सुनसरीः ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ बस्ने ३० वर्षीय हरेराम चौधरी रहेका छन् ।

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १७:१०