काठमाडौंः प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ जसमा १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) फेरिएका छन् ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान पनि फेरिएका छन् । उनको ठाउँमा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा कार्यरत एसपी तारादेवी थापालाई पठाइएको छ ।

भक्तपुरका एसपी प्रधान राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएका छन् ।

सरुवा भएका एसपीहरुको असार महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने हुँदा आवश्यक ब्यहोरा अभिलेखालयमा जानकारी गराइदिन समेत अनुरोध गरिएको छ ।


को कहाँ, नामसहितः

SP-Transfor-2077-03-01

प्रकाशित मितिः मंगलबार, असार २, २०७७, ०८:००