तनहुँः १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया ३ जना बालिकाहरुलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती बालिकाहरुलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १५:०८