मकवानपुरः अवैध रुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१६ को आकासे, धारापानी, स्वारा, गोक्ते र शक्तिखोला लगायतका विभिन्न स्थानहरुमा गरी कुल ३ विगाहा क्षेत्रफलमा लगाएको लागु औषध गाँजा खेति फडानि गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफ्लेको कमाण्डमा प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलिले मंगलबार लागु औषध गाँजा खेति फडानि गरी नष्ट गरेको हो ।
प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १३:१५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook