काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय र चाँदी ५ रुपैयाँ घटेको हो ।
सोमबार ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ३ सय रुपैयाँले घटेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ७ गते मंगलबार, ११:१०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook