काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ३ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
मंगलबार ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ३ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १०:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook