काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय रुपैयाँले घटेको हो ।

सोमबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ३ सयले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ७ गते मंगलबार, ११:५४