काठमाडौंः नेपाली बजारमा आज सुनको बढेको छ भने चाँदीको चाहिँ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ३ सय रुपैयाँले बढेको हो भने चाँदी १० रुपैयाँले घटेको हो ।

मंगलबार ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ४ गते बुधबार, ११:४८