काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ३ सय र चाँदी २० रुपैयाँले बढेको हो ।

बुधबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ३ सयले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ५ गते बिहीबार, १०:५१