काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३ हजार ४ सय र चाँदी ७० रुपैयाँले घटेको हो ।

सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ७० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, ११:१७