काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ४ सय र चाँदी २५ रुपैयाँले घटेको हो ।

बुधबार ९१ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ४ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २९ गते बिहीबार, १०:५८