
काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन ४ सय र चाँदी २० रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ४ सयले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साल चैत १४ गते सोमबार, ११:५४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook