काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ४ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ४ सयले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साल चैत १६ गते बुधबार, ११:५५