काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

बिहीबार ९६ हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ४ सयले बढेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २, २०७७, १०:४१