भारत: रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ ५५० करोडको लगानीमा बन्दै छ । ४५० करोडको लागतमा बनिरहेको यस फिल्मको बजेट १०० करोड थप गरेर ५५० करोडको बिशाल लागतमा बन्ने भएको हो ।

२०१९ को सुरुवातमा रिलीजको तयारी रहेको “२.०”  फिल्मको अहिले वीएफएक्सको काम चलिरहेको छ । फिल्म २.०  बाट अक्षय कुमारले दक्षिण भारतिय फिल्ममा पाईला राख्दै छन ।  रजनीकान्त र ठूलो बजेटको फिल्मबाट अक्षय कुमारलाई दक्षिण भारतमा फलिफाप हुने आँकलन गरिएको छ  ।

रजनीकान्त र अक्षय कुमारसँग अभिनयमा एमी ज्याकसनले मुख्य भुमिकाको साथ दिएकी छन । रोबोट २ को आधारमा बनिरहेको यो फिल्ममा एआर रहमानले संगीत भरेका छन् ।


चिनमा पनि फिल्मको प्रदर्शन गर्ने कार्यक्रम रहेको योे फिल्म तमिल, तेलुगु र हिन्दी भाषामापनि प्रर्दशनमा आउने छ । फिल्मले बाहुबलि २ को भन्दाबढि वयापार गर्ने आशा गरिएको छ ।