काठमाडौंः नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरले महोत्तरीका ४० वर्षीय अलिम कवाडीको दायाँ गालामा पलाएको ५ किलो दुई सय ग्राम तौलको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

उनको आर्थिक अवस्था कमजोर भएकाले उक्त अस्पतालले शल्यक्रिया पूर्ण रुपमा निःशुल्क शल्यक्रिया गरेको हो भने शुभचिन्तकहरुले थप औषधि र उपचारका लागि पाँच सयदेखि २१ हजार रुपैयाँसम्म सहयोग गरेका हुन् ।

समयमा शल्यक्रिया गर्न नपाउँदा उनको गालामा ६ वर्षअघि पलाएको सानो ट्युमर बढेर ५ किलो २ सय ग्रामको भएको थियो ।

सहयोगी हातहरु समूहकी अध्यक्ष एवम् अस्पतालका निर्देशक स्वपा श्रेष्ठले अलिमको उपचारका लागि औषधिसहितको खर्च जुटाएका थिए भने पत्रकार बलराम प्यासीको अगुवाइमा जापानको तोयोहाशी बस्ने छाँयावस्ती, छालिङ भक्तपुरकी लक्ष्मी थापाले २१ हजार रुपैयाँ सहयोग गरेका थिए ।


। यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , ०८:०५