काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

आइतबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २४ सोमबार, ११:००