
काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।
मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ५ सयले घटेर ९१ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साल मंसिर ८ गते बुधबार, ०५:४३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook